सूर्य दीप नारी बचत तथा ऋण सहकारी संस्था लि.

गैंडाकोट ९, थुम्सी, नवलपरासी पूर्व

🪔 हार्दिक मंगलमय शुभकामना! 🪔 विजयादशमी, शुभ दीपावली तथा छठपर्व–२०८३ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यी पर्वहरूले सबैको जीवनमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा र समृद्धि ल्याओस् भन्ने हार्दिक कामना गर्दछौँ। अध्यक्ष एवम् सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैँडाकोट–९, नवलपुर

सम्भावनालाई अघि बढाउने वित्तीय साथ

सदस्यको आवश्यकता बुझेर जिम्मेवार वित्तीय पहुँचतर्फको यात्रा।
ऋणसँगको हाम्रो दृष्टिकोण

ऋणसँगको हाम्रो दृष्टिकोण

ऋण सेवा जिम्मेवार उपयोग, स्पष्ट जानकारी र सदस्यको क्षमतामाथि आधारित हुनुपर्छ भन्ने हाम्रो मान्यता छ।
जानकारी

ऋणसम्बन्धी जानकारी

विशेष योजना, ब्याजदर, अवधि र आवश्यक कागजातसम्बन्धी आधिकारिक जानकारीका लागि हामीलाई सन्देश पठाउनुहोस्।

सदस्यले ऋण लिने प्रक्रिया

सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सदस्यहरूले संस्थाको विनियम तथा ऋण नीतिका निम्न प्रक्रियाहरू पूरा गर्नुपर्दछः
– संस्थाको शेयर सदस्य भई नियमित रुपमा कम्तीमा ३ महिना बचत गरेको हुनुपर्ने।
– अरु ऋणीको लागि जमानी नबसेको वा बसेको भए फुकुवा भएको हुनुपर्ने।
– संस्थाको नियमानुसार ऋण लिन चाहेको उद्देश्य, रकम तथा अन्य विवरण सहित ऋण माग फारम संस्थामा पेस गर्नुपर्ने।
– पहिला ऋण लिएको भए नियमित रुपमा भुक्तानी गरेको हुनुपर्ने।
– आवश्यक जमानी तथा धितोको प्रबन्ध मिलाउनु पर्ने।
– संस्थाको नियमानुसार ऋणको लागि संस्थाले तोकेको आवश्यक शेयर खरिद गरेको हुनुपर्ने छ।
– ऋण स्वीकृत भएपछि आवश्यक प्रक्रिया पूरा गरी बढिमा २ महिनाभित्र ऋण लिई सक्नुपर्ने छ।
(नोट: उपरोक्त प्रक्रियाबाट ऋण प्राप्त गर्ने सदस्यले समय-समयमा आफ्नो किस्ता भुक्तानी गर्नुपर्दछ। किस्ता बुझाउन ढिलाई भएमा नियमानुसार हर्जना समेत बुझाउनु पर्दछ। कुनै सदस्यले संस्थाबाट ऋण लिएपछि समयमा भुक्तानी नगरी हर्जना तिर्नुपर्ने अवस्था आएमा उक्त व्यक्ति असल ऋणीमा गणना हुने छैन।)

Scroll to Top