भद्रकाली घर्तीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन
असोज ११ गते। संस्थाको २१ औं वार्षिक साधारण सभा तथा ७ औं नेतृत्व चयन कार्यक्रम निर्धारित कार्यतालिकाअनुसार सफलतापूर्वक सम्पन्न भएको छ। सभाले आन्तरिक छलफल तथा आपसी सहमतिका आधारमा नयाँ कार्यसमिति निर्विरोध रूपमा चयन गरेको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा श्री भद्रकाली घर्ती चयन हुनुभएको छ। त्यसैगरी उपाध्यक्षमा श्री पार्वती सापकोटा, कोषाध्यक्षमा श्री रेवती ढकाल सापकोटा र सचिवमा श्री गायत्री रिजाल सापकोटा चयन हुनुभएको छ।
यसैगरी कार्यसमिति सदस्यहरूमा श्री दिलकुमारी सापकोटा, श्री प्रतीमा कँडेल, श्री लक्ष्मी कँडेल, श्री अप्सरा कुमाल र श्री हिमा सापकोटा चयन हुनुभएको छ।
त्यस्तै, लेखा समितिको संयोजकमा श्री कल्पना देवकोटा चयन हुनुभएको छ भने सदस्यहरूमा श्री लक्ष्मी गिरी र श्री सुनिता कुमाल चयन हुनुभएको छ।
आपसी सहमति र सहकार्यका आधारमा निर्विरोध रूपमा नयाँ नेतृत्व चयन हुनुले संस्थाको संस्थागत एकता, सहकार्य र आगामी कार्ययोजनालाई प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
नवगठित कार्यसमिति तथा लेखा समितिले संस्थाको उद्देश्य प्राप्ति, संस्थागत विकास र आगामी कार्यक्रमहरूको सफल कार्यान्वयनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ।

