- हाम्रो परिचय
विश्वासबाट बनेको संस्था।
गैंडाकोट–९, थुम्सीमा महिलाहरूको आर्थिक आत्मनिर्भरता र सामूहिक प्रगतिका लागि समर्पित सहकारी।
- हामी को हौं
सदस्यको आवश्यकता बुझ्ने,
समुदायसँगै हिँड्ने
सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड महिलाहरूको सहभागिता, नियमित बचत र पारस्परिक विश्वासमा उभिएको संस्था हो। स्थापना वर्ष २०६४ देखि हामीले स्थानीय महिलाहरूलाई सुरक्षित वित्तीय पहुँच र समूहगत सिकाइसँग जोड्दै आएका छौं।
सहकारीको अर्थ हाम्रो लागि एउटै भवन वा खाता मात्र होइन — एकअर्काको सम्भावनामा विश्वास गर्ने समुदाय हो।
- संस्थाको विस्तृत परिचय, अन्य विवरण र आधिकारिक कागजातहरू थपिँदै छन्।
पृष्ठभूमि
पृष्ठभूमि
समयको गति सँगै समाज परिवर्तनका साथ क्रमिक रुपमा जाने क्रममा मिति २०५३ सालमा गैंडाकोट युवा क्लबद्वारा सूर्यनगर आमा समूह गठन गरी केहि महिला दिदीबहिनीहरुले फजुल खर्चलाई बचत गरी रु. ५ बाट रु. ४० सम्म बचत गर्दै आउने क्रममा सोही रकमलाई ऋण लगानीमा परिणत गरी शौचालय निर्माण, सरसफाई खानेपानी सफा राख्ने उद्देश्यका साथ काम गर्दै आइरहेको अवस्थामा २०६३ सालमा सहमति संस्थाद्वारा सञ्चालित दिपज्योति महिला समूहले बचत कार्यका लागि समुहगत जडिबुटि खेती गर्दै आएको अवस्थामा दुई समूहबीचको समझदारी र सहमति संस्थाको सहयोगमा सहकारी संस्था लि. को आवश्यकता महसुस गर्दै सम्पर्क समन्वय गरी संस्थाको नामाकरण सूर्यदिप नारी बचत तथा ऋण सहकारी संस्था लि. राखियो । २०६४ आश्विन १० मा ३० जना शेयर सदस्यबाट रु. ३०,०००।-(शेयर पूँजी प्रति शेयर रु. १००) बचत रु. ३,०००।- जम्मा गरी दर्ता नं. २०६८ मा वैधानिक प्राप्त गर्न सफल भयौं ।
यस संस्था स्थापना गर्नुको मुख्य उद्देश्य ग्रामीण क्षेत्रमा रहेका लक्षित समुदायका गरिब विपन्न जनजाति सम्पूर्ण महिला दिदीबहिनीसँगै रहेको ससानो पुँजीलाई संकलन गरी शेयर सदस्यहरुको सुखी, खुसी र गुणस्तरीय जीवनको परिकल्पनाका साथै दिदीबहिनीमा एकताको भावना चेतनामूलक कार्यका लागि यस संस्थाको स्थापना भएको हो ।
अध्यक्षको मन्तव्य
अध्यक्षको मन्तव्य
यो संस्था महिलाहरुको आर्थिक र सामाजिक रुपमा शसक्त भई आत्मनिर्भर बन्ने र समाज रुपान्तरणका साथै सम्वृद्धि अभियानलाई टेवा पुऱ्याउने उद्देश्य लिई सहकारी मुल्य मान्यता सिद्धान्तलाई अनुसरण गर्दै जिवन स्तर माथि उठाउका लागी परिरहेका छौं ।
सहकारी ऐनमा भएका कतिपय बाधाहरुले हामीलाई यस वर्ष पनि पछ्याइरहेको छ तर पनि ऐन र नियमावलीको पालना गर्दै आगामी दिनहरुमा सुविधायुक्त संस्थाको रुपमा स्थापना गर्ने अपेक्षा राखेका छौं । यो एउटा समुहका सदस्यमा आधारित संस्था रहेकाले यस वर्ष समुहरुका विभिन्न किसिमका सशक्तिकरण कार्यक्रम सञ्चालन गर्ने उद्देश्यका साथ विभिन्न समुह मार्फत सरकारी निकाय र सहयोगी दाताज्युहरु बाट अनुदान प्राप्त गरी महिला सशक्तिकरण केन्द्र स्थापना गरीएको छ । जसमा विभिन्न निकायसंग सम्पर्क समन्वय गरी उद्यमी कार्याक्रम संचालन गर्ने अपेक्षा लिएका छौ ।
यस संस्थाका शेयर सदस्यज्यूहरुको सहयोग, सद्भाव र प्रेरणाका कारण आज यस क्षेत्रमा सहकारी अभियानका माध्यमबाट एक सक्रिय जमात स्थापीत भई सहयोगी भावनाका साथ महिला दिदीवहिनीहरुको सामाजिक आर्थिक नेतृत्व क्षमता विकास समानताका साथै निर्णयक तहसम्म पहुँच पुऱ्याउने साथै आत्मनिर्भर बन्ने कार्यको विकास गराउदै आइरहेका छौं ।
अन्तयमा यस संस्थालाई आज यो अवस्था सम्म ल्याउनको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने सस्थापक, समिति, उपसमितिका साथीहरु आर्थिक प्राविधिक र सामाजिक रुपले सहयोग र पृष्ठपोषण दिनुहुने सम्पुर्ण अग्रज महानुभावज्यूहरु गण्डिकी प्रदेश कार्यालय गैंडाकोट नगरपालिकाको कार्यालय वडा कार्यालय सहकारी महिला तथा बालवालिका बिभाग गैंडाकोट लगाएत विभिन्न समिति र उपसमितिमा रही जिम्मेवार वहन गर्नुहुने संयोजक एवं साथिहरु लगाएत सम्पुर्ण शेयर सदस्य साथै उपस्थित सम्पुर्ण सुभचिन्तक महानुभावज्यूहरुमा हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु ।
धन्यवाद जय सहकारी..
अध्यक्ष
भद्रकलि घर्तिमगर
लक्ष्य तथा उदेश्यहरु
लक्ष्य:
१. स्थानीय श्रोत र साधनको उचित परिचालन गर्ने,
२. सदस्यहरुलाई व्यवसायीकरणमा जोड दिने,
३. वित्तीय क्षेत्रमा सदस्यहरुलाई सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्ने,
४. जैविक विविधता संरक्षण, पर्यावरण वातावरणमैत्री कार्यक्रम प्रवर्द्धन गर्ने
५. सामाजिक सुधार, शिक्षा, स्वास्थ्य तथा स्थानीय भाषा संस्कृतिको संरक्षण र विकासका लागि पहल गर्ने,
६. संस्थागत विकासका लागि भौतिक पूर्वाधार एवम् दक्ष जनशक्ति उत्पादन तथा परिचालनका लागि आवश्यक कार्य गर्ने,
७. संस्थागत सुशासन कायम राख्ने ।
उद्देश्यहरुः
– संस्थाको पुँजी वृद्धि गरी संस्थालाई दिगो बनाउने,
– सदस्यहरुको आर्थिक उन्नतीमा वृद्धि गर्ने,
– सदस्यहरुलाई सर्वसुलभ दरले ऋण प्रवाह गर्ने,
– स्थानीय श्रोत साधन र सिपको सहि सदुपयोग गर्ने,
– सामाजिक कुरिति अन्धविश्वास, विकृति, फजुल खर्च कम गर्न, चेतनामुलक कार्यक्रम गर्न,
– समुह गठन विस्तार गर्न,
– गरिब असहाय र विपन्न वर्गलाई प्राथमिकता दिई अगाडि बढाउने,
– कार्य क्षेत्र भित्रका समान प्रकृतिका सहकारीहरुसँगै समन्वय गर्न,
– लगानीका नयाँ क्षेत्र खोजी गर्ने ।
