🪔 हार्दिक मंगलमय शुभकामना! 🪔
विजयादशमी, शुभ दीपावली तथा छठपर्व–२०८३ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यी पर्वहरूले सबैको जीवनमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा र समृद्धि ल्याओस् भन्ने हार्दिक कामना गर्दछौँ।
अध्यक्ष एवम्
सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार,
गैँडाकोट–९, नवलपुर
सदस्यता
सूर्यदीप परिवारमा जोडिनुहोस्
साझा बचत र साझा जिम्मेवारीबाट सुरु हुने सम्बन्ध।
सदस्य बन्ने प्रक्रिया
पहिलो कदम सरल छ
सदस्यता सम्बन्धी आधिकारिक मापदण्ड र कागजात संस्थाबाट पुष्टि गरी यहाँ अद्यावधिक गरिनेछ।
सदस्य बन्न ईच्छुक महिलाले यस संस्थाको विनियमको अधिनमा रही निम्नानुसार योग्यता भएको हुनु पर्ने छ। – १६ वर्ष उमेर पुगेका समुहमा आवद्ध नेपाली महिला नागरिक। – संस्थाको कार्यक्षेत्र भित्र बसोबास गर्नुका साथै संस्थाको सेवा उपभोग गर्ने व्यक्ति। – संस्थाको विनियमका सर्तहरु पालना गर्न मञ्जुर व्यक्ति। – प्रचलित ऐन कानुनले अयोग्य नठहरिएको व्यक्ति । – प्रवेश शुल्क रु. ५०/- बुझाउनु पर्दछ। – संस्थाको शेयर कम्तीमा १ थान (वा संस्थाको निर्णय अनुसार) खरिद गर्नु पर्दछ। – मासिक बचत बुझाउनु पर्दछ। – सदस्य हुने व्यक्तिको २ प्रति र ईच्छाइएको व्यक्तिको १ प्रति पासपोर्ट साईजको फोटो र नागरिकताको प्रतिलिपि १ प्रति पेस गर्नुपनेछ।