सूर्य दीप नारी बचत तथा ऋण सहकारी संस्था लि.

गैंडाकोट ९, थुम्सी, नवलपरासी पूर्व

🪔 हार्दिक मंगलमय शुभकामना! 🪔 विजयादशमी, शुभ दीपावली तथा छठपर्व–२०८३ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यी पर्वहरूले सबैको जीवनमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा र समृद्धि ल्याओस् भन्ने हार्दिक कामना गर्दछौँ। अध्यक्ष एवम् सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैँडाकोट–९, नवलपुर

प्राथमिक स्वास्थ्य उपचार तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गैंडाकोट, नवलपुर — सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा प्राथमिक स्वास्थ्य उपचारसम्बन्धी सचेतना तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ।

२०८२ साल जेठ १० गते गैंडाकोट–९ स्थित हरि ओम सत्संग साधना सदनको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा संस्थाका सदस्य तथा सहभागीहरूलाई प्राथमिक स्वास्थ्य उपचारका आधारभूत विषयसँगै वित्तीय व्यवस्थापन, बचतको महत्व, ऋणको उचित प्रयोग तथा वित्तीय अनुशासनका विषयमा जानकारी प्रदान गरिएको थियो।

कार्यक्रममा प्राविधिक सहयोग एन्जल फाउन्डेसन, शाखा कार्यालय भण्डारा, चितवनले गरेको थियो। स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्थामा अपनाउनुपर्ने प्राथमिक उपचारका उपाय, स्वास्थ्यप्रति सचेत रहनुपर्ने विषय तथा दैनिक जीवनमा उपयोगी स्वास्थ्य सावधानीका बारेमा सहभागीहरूलाई जानकारी दिइएको थियो।

त्यसैगरी, वित्तीय साक्षरता कार्यक्रमअन्तर्गत आम्दानी र खर्चको उचित व्यवस्थापन, नियमित बचत गर्ने बानी, आवश्यकताअनुसार ऋणको प्रयोग तथा भविष्यका लागि वित्तीय योजना निर्माण गर्नुपर्ने विषयमा प्रशिक्षण तथा अन्तरक्रिया गरिएको थियो।

सहकारी संस्थाले आफ्ना सदस्यहरूलाई वित्तीय रूपमा सक्षम बनाउनुका साथै स्वास्थ्यसम्बन्धी आधारभूत ज्ञान र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ।

कार्यक्रममा सहभागीहरूले स्वास्थ्य र वित्तीय व्यवस्थापन दुवै विषय दैनिक जीवनका लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै यस्ता सचेतनामूलक कार्यक्रमले सदस्यहरूको ज्ञान, क्षमता र आत्मनिर्भरता अभिवृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।

Scroll to Top