सूर्य दीप नारी बचत तथा ऋण सहकारी संस्था लि.

गैंडाकोट ९, थुम्सी, नवलपरासी पूर्व

🪔 हार्दिक मंगलमय शुभकामना! 🪔 विजयादशमी, शुभ दीपावली तथा छठपर्व–२०८३ को पावन अवसरमा सम्पूर्ण शेयर सदस्यज्यूहरू, कर्मचारी, शुभेच्छुक तथा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। यी पर्वहरूले सबैको जीवनमा आपसी सद्भाव, एकता, प्रेम, भाइचारा र समृद्धि ल्याओस् भन्ने हार्दिक कामना गर्दछौँ। अध्यक्ष एवम् सूर्यदीप नारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड परिवार, गैँडाकोट–९, नवलपुर

महिला सञ्जाल तथा सशक्तीकरण केन्द्रमा उद्घोषण तथा नेतृत्व क्षमता विकास तालिम सम्पन्न

महिला सञ्जाल तथा सशक्तीकरण केन्द्र, गैँडाकोट ९ को सभाहलमा मिति २०८३ साल असोज ५ र ६ गते दुईदिने उद्घोषण तथा नेतृत्व क्षमता विकास तालिम सम्पन्न भएको छ।

बिहान १० बजेदेखि सञ्चालन भएको उक्त तालिममा करिब २० जनाको सहभागिता रहेको थियो। सहभागीहरूको उद्घोषण कला, आत्मविश्वास, व्यक्तित्व विकास तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा प्रशिक्षकद्वय जगन्नाथ उपाध्याय र श्रीधर उपाध्यायले प्रशिक्षण प्रदान गर्नुभएको थियो। उहाँहरूले प्रभावकारी उद्घोषण, सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने कला, नेतृत्व विकास तथा कार्यक्रम सञ्चालनसम्बन्धी विषयमा सहभागीहरूलाई प्रशिक्षण दिनुभएको थियो।

तालिमले सहभागीहरूको बोल्ने कला, नेतृत्व क्षमता तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउने आत्मविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सूर्यदीप नारी साकोसद्वारा आयोजित यस तालिमले महिलाहरूको क्षमता विकास तथा नेतृत्वदायी भूमिकामा सहभागिता बढाउन सकारात्मक योगदान पुर्‍याउने विश्वास लिइएको छ।

Scroll to Top